FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर महानगरको आँगनमा एटीएम पँधेरो ! मन्त्री मगर र उपमेयरद्धारा वटुवालाई पानी

ललितपुर , २१ फागुन । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइन्छ।

२०७५-११-२१

ललितपुर महानगरपलिकाको पर्वतारोही कल्पना महर्जनको (Back to Everest: A Campaign against Child Marriage-2019) सम्बन्धि प्रेस विज्ञप्ती

२०५७/११/१२

ललितपुर महानगरपलिकाको पर्वतारोही कल्पना महर्जनको (Back to Everest: A Campaign against Child Marriage-2019) सम्बन्धि प्रेस विज्ञप्ती

२०५७/११/१२

पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् । 

उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् । धातुकला , काष्ठकलाको उनले रुचिपूर्वक जानकारी लिएकी थिइन् । 

२०५७/११/१०

ललितपुर महानगरद्धारा वाङमय शताब्दी पुरुषको जन्म शताब्दी महोत्सवका विशेष कार्यक्रम सार्वजनिक

ललितपुर/९ फागुन, ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताव्दीको अवसरमा एक वर्षभरि गर्ने महत्वपूर्ण कार्यक्रमहरु सार्वजनिक गरेको छ।

वाङमय शताब्दी पुरुष जोशीको जन्म शताव्दी महोत्सवको रुपमा एक वर्षभरि मनाउने बारेमा जानकारी दिन बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरले विभिन्न १७ वटा कार्यक्रमहरु सार्वजनिक गरेको छ। जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ सय वर्षमा प्रवेश गर्दैछन्।

२०७५/११/०९

नगरपालिकाद्धारा स्वास्थ्यसेवी सम्मानित

काठमाडौं : ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य स्वयसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यरत स्वास्थ्य स्वयसेवी र उमेरहदका कारण अवकाश प्राप्त स्वास्थ्य स्वयसेवी रहेका छन् । ६० वर्ष पुगेपछि उनीहरुले  क्रियाशील स्वयसेविकाबाट अवकाश पाउँछन् । विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५को अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान स्वरुप नगद प्रदान गरिएको हो । उनीहरुले गरेको योगदानको मुल्यांकन गर्दै सम्

२०७५/०९/२४

Pages