FAQs Complain Problems

आर्थिक वर्ष २०७२/०७३ को पहिलो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन

आर्थिक वर्ष २०७२/०७३ को ललितपुर उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन सारांश
आर्थिक वर्ष २०७२/०७३ को ललितपुर उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनवाईको महत्व र उपलब्धी औपचारिक कार्यक्रमको निरन्तरतामा मात्र सीमित भएन । यसो भन्नुको दुई, तीन वटा कारणहरु रहेका छन् । पहिलो त, २०७२ कार्तिक ३० गते सोमबार धापाखेलस्थित टेवा भवनमा आयोजित सार्वजनिक सुनवाई विगतमा सार्वजनिक सुनवाई सधै बन्द कोठा भित्र हुने गरेको जनगुनासोलाई मध्यनजर गरेर उपमहानगरपालिकाको सभाकक्ष भन्दा बाहिर गएर गरिएको पहिलो सुनवाई कार्यक्रम रह्यो । दोस्रो, यस कार्यक्रम मार्फत उपमहानगरपालिकामा गत वर्ष गाभिएको साविकका धापाखेल,सुनागुठी र हरिसिद्धि र हाल वडा नं २३ देखि ३० सम्मका नगरवासीहरुको चाहना, अपेक्षा बुझ्रे नगरवासी भएको अनुभूर्ति गराउने दिशामा टेवा पुर्‍याएको  छ । यस तथ्य नगरका स्थानीयवासीन्दाहरुबाट आफ्नो धारणा, गुनासो राख्ने क्रममा अझ स्पष्ट रुपमा मुखरित समेत भएका छन् ।