FAQs Complain Problems

सूचना तथा समाचार

यस ललितपुर उप-महानगरपालिका कार्यालयको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम २०७३ कार्तिक २८ गते हुने भनिएकोमा विशेष कारणवश २०७३ कार्तिक ३० गते मंगलबार निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०७३ कार्तिक ३० गते, मंगलबार
समयः बिहान ११:०० बजे
स्थानः मच्छिन्द्र बहाल, वडा नं १९, ल.पु.उ.म.न.पा ।

Upload Date:
२०७३।०७।२६

ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७३/७४ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०७३ कार्तिक २८ गते, आइतबार
समयः बिहान ११:०० बजे
स्थानः मच्छिन्द्र बहाल, वडा नं १२, ल.पु.उ.म.न.पा

Upload Date:
२०७३।७।१८

 PURPP - Call for Proposal.JPG
Upload Date:
२०७३।६।१८

योग्यता पुगेका संघ संस्थाहरुको Shorted List :

Upload Date:
२०७३।६।७

एकद्वार प्रणालीबाट पर्यटन प्रवेश शुल्क सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकामा आउने पर्यटकहरु दोहोरो प्रवेश शुल्कको मारमा पर्दै आएको अवस्थालाई मध्यनजर गर्दै ललितपुर उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन विषयमा समझदारी भएको छ । समझदारीपत्रमा उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डे र पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक मन्दाकिनी श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

यो समझदारी २०७३ असोज १ गतेदेखि लागू हुनेछ ।

यसअघि, ललितपुर घुम्‍न सार्क राष्ट्रका पर्यटकहरुले ललितपुरमा प्रवेश गर्न २ सय ५० रुपैयाँ र सार्क बाहेकका पर्यटकले ७ सय ५० रुपैयाँ र पाटन संग्रहालयमा ४ सय ५० रुपैयाँ अलग अलग तिर्नुपर्ने अवस्था थियो ।

एकद्वार प्रणालीसंगै सार्क राष्‍ट्र बाहेकका पर्यटक शुल्क १ हजार रुपैयाँ र सार्क राष्‍ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ कायम गरिएको छ ।

एकद्वार प्रणालीबाट उठेको रकमको ७५% उपमहानगरपालिका, १५% संग्रहालयलाई, ५% दरबार क्षेत्र मर्मत सम्भार तथा पर्यटन प्रवर्द्धन र प्रशासनिक खर्चका लागि ५% छट्याईएको छ ।


 


एकद्वार पर्यटन प्रवेश सेवा शुल्क व्यवस्थापन कार्यविधि २०७३

Upload Date:
२०७३।५।३१

Pages