यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को दोश्रो चौमासिक (मंसिर देखि फागुन सम्म) को सामाजिक सुरक्षा भत्ता, माघ २५ गते देखि सम्बन्धित बैंकहरुबाट वितरण भईरहेकोले समयमै रकम बुझिलिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
समाचार
सूचना तथा समाचार
यस ललितपुत उप-महानगरपालिकाको मिति २०७२।८।११ गते पदपूर्ति सम्बन्धि प्रकाशित सूचना विज्ञापन नं १,२,३ र ४ कार्यसम्पादन मुल्याँङ्कन आधारमा हुने वढुवा र विज्ञापन नं ५,६,७,८,९,१० खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षा विशेष कारण वस अर्को व्यवस्था नभए सम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा पदपूर्ति समितिको मिति २०७२।९।२८ को निर्णयानुसार सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।
पदपूर्ति समिति
ललितपुर उप-महानगरपालिका
२०७२ पौष २६ गतेका दिन यस ललितपुर उप-महानगरपालिकाको २३ औ नगर परिषद सफतलापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको सभापति ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डे, प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा, उपस्थित विशिष्ट अतिथिहरुमा माननीय सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज बहादुर विष्ट, विशेष अतिथिहरुमा माननीय सांसद मदन बहादुर अमात्य, माननीय सांसद चन्द्र महर्जन, माननीय सांसद उदय शमशेर राणा, माननीय सांसद सिद्धीलाल सिं, माननीय सांसद शुशिला नेपाल, माननीय सांसद योगेन्द्र धिसिङ्ग तामाङ्ग, माननीय सांसद भाष्कर भद्रा, राष्ट्रिय योजना आयोगका माननीय सदस्य सुमित्रा अमात्य, प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र ललितपुर उप-महानगरपालिकाका कर्मचारीहरु, वडा नागरिक मञ्चका प्रतिनिधिहरु, सामाजिक परिचालक, वडा स्वास्थ्य कार्यान्वयन समितिका प्रतिनिधिहरु तथा स्वास्थ्य स्वयंसेवकहरु तथा विभिन्न महिला समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेबाट आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत भएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु तथा करदातालाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीहरुमा आ.व. २०७१।७२ मा ख. रत्न महर्जन, मे. बुद्धलक्ष्मी पोडेनी कोन्ती, मे. रत्न देवी पोडेनी, आ.व. २०७२।७३ मा का.स. विक्रम अवाले र मे. रिता पोडेनी। उत्कृष्ट करदाताहरुमा वडा नं ५ का विजित कृष्ण श्रेष्ठ र वडा नं ५ का ज्ञानी देवी धाख्वा । कार्यक्रमको संचालन प्रेम बहादुर थापा र सरिता महर्जनले गर्नु भएको थियो । बजेट वक्तव्य ललितपुर उपमहानगरपालिकाको २३औं नगरपरिषद बाट पारित भई नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरतमणी पाण्डेद्धारा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७३/७४ को नीति कार्यक्रम तथा बजेट
उत्कृष्ट कला र जीवन्त संस्कृतिको धरोहरले भरीपुर्ण वि.सं.१९७५ मा स्थापित भई ९७औं वर्ष पुरा गरेको नेपालकै ज्येष्ठ नगरको रुपमा परिचित राजधानीमा अवस्थित यस ललितपुर उपमहानगरपालिकाको २३औं नगरपरिषद बाट आर्थिक वर्ष ०७३/७४ को लागी पारित गरेको नीति कार्यक्रम र बजेटको सार्वजनिकिकरण गरिने यस गरिमामय समारोहमा आफ्नो अमुल्य समय दिनुभई हाम्रो आमन्त्रणलाई स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, विषेश अतिथिज्यूहरु, लगायत अन्य अतिथि महानुभावहरु प्रति मेरो व्यक्तिगत तर्फ एवं उपमहानगरपालिका परिवार तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौं । साथै यस महत्वपुर्ण क्षणमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुती दिनुहुने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपुर्ण श्रद्धासुमन अपर्ण गर्दछु । जनप्रतिनिधी मुलक यस निकायमा लामो समय देखि जनप्रतिनिधीको अनुपस्थितीको कारण हामी राष्ट्र सेवक कर्मचारीहरुवाट स्थानीय निकायहरुको विशेष जिम्मेवारी वहन हुँदै आएको तथ्य यहाँहरु माझ सर्वविदितै छ । यस विषेश अवस्थामा यहांहरुको सहभागीता,सहयोग एवं प्रेरणा बाट नगरका योजनाहरुको तर्जुमा कार्यान्वयन, अनुगमन र मुल्यांकन साथै समग्र विकास प्रकृयामा सफलता हासिल गर्दै आएका छौं । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पवाट यस नगरीमा ४३ जनाले ज्यान गुमाउनु परेको, ६४५६ घर पूर्णरुपमा क्षति भएको र करीब १ अर्ब वरावरको सम्पदा क्षति भएको छ । यस विपत वाट आफ्नो ज्यान गुमाउनु हुने मृतक प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु र घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु । आगामी दिनमा यस प्रकारका प्राकृतिक विपत्तिलाई सामना गर्न र हुन सक्ने संम्भावित मानविय एवं भौतिक क्षतिको न्यूनिकरण गर्न नगरपालिकाले आफ्नो कार्यक्रमहरु केन्दित गर्दे क्षमता विकास गर्ने तर्फ संवेदनशिल र सचेत रहेको व्यहोरा अनुरोध गर्दछु । सहभागितामुलक योजना तर्जुमा पद्धतीको मुल्य र मान्यता अनुरुप स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०५६ को व्यवस्था, स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९, यस उप महानगरपालिकाको आवधिक योजना (२०७२–२०७५) को दिर्घकालीन सोच, राष्ट्रिय योजना आयोग का त्रिवर्षिय योजना एवं आगामि आर्थिक वर्षको वजेट तर्जुमा सम्वन्धि प्राप्त मार्गदर्शन र सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयवाट प्राप्त निर्देशनका आधारमा आगामी आर्थिक वर्ष २०७३र०७४ को लागि वार्षिक नीति तथा कार्यक्रम र वजेटलाई पारित गरिएको छ । यस वार्षिक योजना तर्जुमाका क्रममा टोल स्तरवाट प्राप्त मागहरुलाई वडा तहमा गरिएको छलफल र प्राथमिकिकरण गर्दै विभिन्न विषयगत समितिहरु मार्फत छलफल एवं प्राथमिकिकरण हुँदै नगरस्तरीय एकिकृत योजना तर्जुमा समितिवाट पारीत गरी नगरपालिका वोर्ड वाट निर्णय गराई गरिमामय नगरपरिषदवाट स्वीकृत गराइ यहांहरु सामु सार्वजनिकिकरण गरिएको व्यहोरा निवेदन गर्न चाहन्छु । यस प्रक्रियाका हरेक चरणमा सहयोग गर्नु हुने स्थानीय टोल सुधार समितिहरु, क्लवहरु, आमा समुहहरु, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, वडा स्तरीय राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाजका अगुवाहरु, वडा सचिव, सामाजिक परिचालक, उद्योग वाणिज्य संघ, लगायत सम्पूर्ण नीजि क्षेत्र, गैर सरकारी संघसंस्था, महिला आदिवासी, जनजाती, दलित, अपाङ्ग, जेष्ठ नागरिक, वाल क्लवका प्रतिनिधी,दातृ निकायका प्रतिनिधी, नगर स्तरीय विभिन्न राजनैतिक दलका पदाधिकारी तथा प्रतिनिधी, विषयगत कार्यालयका प्रतिनिधीहरु, आम सञ्चार समुदाय, नगरपालिकाका सम्पुर्ण कर्मचारी मित्रहरु, ललितपुर जिल्लावाट प्रतिनिधित्व गर्नु हुने माननीय सांसदज्यूहरु एवं सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्न चाहन्छु ।
पुरा बजेट वक्तव्य तल Download गर्नुहोस् ।
ललितपुर उप-महानगरपालिकाको मिति २०७२।८।११ गते शुक्रवार प्रकाशित पदपूर्ति समितिको सचिवालयको सूचना बमोजिम मिति २०७२।१०।५ देखि संचालन हुने लिखित परीक्षाको प्रवेश पत्र मिति २०७२।९।१९ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।
पदपूर्ति समितिको सचिवालय
ललितपुर उप–महानगरपालिका कार्यालय
ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।
मितिः २०७२ पौष २६ गते आइतवार
समयः दिउँसो ११ बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष
ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्च, सामाजिक परिचालक लगायत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । लगत संकलनकर्तालाई आवश्यक पर्ने घर जग्गाको विवरण सहित आवश्यक सूचना प्रदान गरी नगर विकासमा अमूल्य योगदान गरौं ।