FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो ।

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न यो प्रणाली भित्¥याउन लागेको मेयर चिरीबाबु महर्जनले वताएकान छन् । उनले भने, ‘यो प्रणाली लागू भएपछि महानगरले उठाउने राजश्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ ।’ यो स्मार्ट सिटीको मुख्य आधारतत्व भएको मेयर महर्जनले जानकारी गराएका छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि ललितपुर महानगर अझै व्यस्थित हुने मेयर महर्जनको दावी छ ।

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिनेछ । मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिने जिआइइस विशेषज्ञ डा. कृष्ण पौडेलले वताएका छन् ।

सूचना अधिकारी तथा बरिष्ठ इञ्जिनियर रुद्रप्रसाद गौत्तमले यो प्रणाली कार्यान्वयनमा आएपछि शहर व्यवस्थित हुने स्पष्ट पारेका छन् । उनले भने, ‘शहरलाई सुन्दर बनाउन र व्यवस्थित गर्न निकै सहयोगी हुने छ ।’ सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिइने, विभुतिको नाम, सांस्कृतिक नामहरु र चलनचल्तीका नामलाई प्राथामिकता दिइने महानगरले जानकारी गराएको छ ।

विज्ञहरुले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि महानगरको क्षेत्रफललाई ५ वटा क्षेत्रमा विभाजन गरेर काम आगाडि बढाउने वताएका छन् । महानगरले यो काम एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ । यो काम सम्पन्न गर्नका लागि महानगरपालिकाको समन्वयमा जियोस्पासियल सिस्टम प्रा. लि.,नेष्ट प्रा.लि र इन्डोभेटिभ कन्सर्न प्रा.लि.ले आवश्यक तयारी पूरा गरिसकेका छन् ।

सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि आइतबार सम्बन्धित सरोकारवाला जनप्रतिनिधिहरुसंगको छलफल तथा बैठक समेत सम्पन्न भएको छ । घर नम्बर वितरणको कामलाई सहज र चुस्तदुरुस्त वनाउनका लागि मेयरको संयोजकत्वमा निर्देशक १५ सदस्यीय निर्देशक समिति गठन गरिएको छ।

त्यस्तै गरी उपमेयरको संयोजकत्वमा ६१ सदस्यीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ । साथै सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय वडास्तरीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ ।

 

Upload Date:
२०५७/१२/०३

ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।

विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए । 

रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए । 

 रोबोट प्रविधिबाट सिकाइ नेपालमै पहिलो
ललितपुर महानगरका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनका अनुसार रोबोट प्रविधि नेपालका विद्यालयमा पहिलोपटक प्रयोग भएको हो । आउँदो अर्थिक वर्षभित्र ललितपुरको प्रभात मावि प्यागल, हरिसिद्धि मावि, बाल विवेकानन्द मावि नटोल र श्रमिक बालविज्ञान विद्यालयमा रोबोट प्रविधि विस्तार गरिने भएको छ । 

*नयाँ पत्रिका दैनिकमा प्रकाशित *

Upload Date:
२०५७/१२/०३

Pages