FAQs Complain Problems

वडा नं ४

Body: 

वडाको परिचयः

ललितपुर महानगरपालिकाको ४ नं वडा कार्यालय जावलाखेलमा अवस्थित छ । यस वडाको सिमाना पुर्वतर्फ ललितपुर महानगरपालिकाको १३ नं वडा कार्यालय र ५ नं वडा कार्यालय, पश्चिम तर्फ वागमती नदी, उत्तर तर्फ ललितपुर महानगरपालिकाको ३ नं वडा कार्यालय र दक्षिण तर्फ नख्खु खोला रहेको छ । वि सं २०६८ को जनगणना अनुसार यस वडामा वसोवास गर्ने मानिसहरुको  जनसंख्या १५,३६७ रहेको छ । ललितपुर महानगरपालिकाको कुल क्षे फ को २.०४ वर्ग कि मि क्षे फ यसले ओगटेको छ । यहाँ विभिन्न जातजाति एवं धर्मालम्वीहरुको बसोवास रहेको पाइन्छ । यस वडामा रहेका सरकारी तथा प्राइभेट स्कुलहरु, हस्पिटल, सम्पदा ,पर्यटकीय स्थलहरुलाई तपशिल बमोजिम उल्लेख गरिएको छ |

स्कुलहरु -: सुदेशा माध्यमिक विद्यालय, ग्रेस एकेडेमी, अन्नपूर्ण माध्यमिक विद्यालय,पाठशाला, अल्फा हिमालय स्कुल, डि ए भी स्कुल, कत। जेभियर्स स्कुल, नवजीवन स्कुल, सन्चेतना आधारभुत विद्यालय ,पञ्चकुमारी आधारभुत विद्यालय, मञ्जुश्री स्कुल,   एशियन कलेज, अबचभ  बलम ाबष्च आदि ।

हस्पिटलः अल्का २, ललितपुर हर्ट क्लिनिक,

सम्पदाहरुः विष्णुदेवी मन्दिर, ब्राहमणी मन्दिर, परिङ्गाल मन्दिर, जावलाखेल ढुङ्गेधारा, इकुहिटि ढुङ्गेधारा, धोविघाट सरस्वती मन्दिर, पट्टीपा गणेश मन्दिर, भनिमण्डल महादेवस्थान,वागडोल गणेश मन्दिर, वागडोल इनारचोक शिव मन्दिर,राम मन्दिर अफलडोल,जावलाखेल ललित मण्डप, पट्टिपा ढुङ्गेधारा आदि ।

पर्यटकीय स्थलः  केन्द्रिय सदर चिडियाखाना

सञ्चालित एफ एम ः उज्यालो एफ. एम., सगरमाथा एफ. एम.

सम्पर्क नं : ५५२१०३१

Supporting Documents: