FAQs Complain Problems

आर्थिक वर्ष २०७२/०७३ को तेश्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन

कार्यक्रम सारांश विवरण
आर्थिक वर्ष २०७२/०७३ को ललितपुर उपमहानगरपालिकाको तेश्रो चौमासिक
सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन सारांश

सार्वजनिक सुनवाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायको लागि तय गरेका ऐन, नियम, कार्यविधि, निर्देशिकामध्ये सबैभन्दा बढी जनहितकारी कार्यक्रमका रुपमा लिइन्छ । सार्वजनिक सुनवाई कार्यविधि २०६७ सार्वजनिक सुनवाई सञ्चालन गर्ने सामान्य कार्यविधि मात्र होईन । सार्वजनिक सुनवाईमा अन्तरनिहित मान्यता र यसका पछाडिका सिद्धान्तहरुको महत्वपूर्ण दस्तावेज पनि हुन् । सार्वजनिक सुनवाईको महत्वको सर्न्दभमा कार्यविधिको प्रस्तावनामा नै स्पष्ट रुपमा भनिएको छ । यसको मूलभुत उद्देश्य नै ललितपुर उपमहानगरपालिका र नागरिकाहरुकाबीचमा दोहोरो संवाद स्थापित गर्ने हो ।

एक, दुई वर्षयता ललितपुर उपमहानगरपालिकाको सार्वजनिक सुनवाई औपचारिकता भन्दा बढी नगरवासी र उपमहानगरपालिकाबीच दोहोर संवाद स्थापित गर्ने यसैको सैद्धान्तिक मान्यतालाईलाई व्यवहारमा क्रमशः स्थापित गर्ने गरी कार्यहरु अघि बढेको नगवासीहरुले समेत महशुस गर्दै आएको छ । समुदायको तृणमूल (ग्रास रुट) मा बसेर काम गरिरहेको ललितपुरका युवा वर्गहरुको संगठन बौद्ध युवा कमिटीले विशेषतः आर्थिक वर्ष २०७१/०७२ को उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनवाई आयोजनासंगै स्थानीय समुदायस्तरमा सार्वजनिक सुनवाईमा सहभागी हुने, यसमा गएर कुरा राख्ने क्रमले केही हद भएपनि विस्तार भएको , जनचेतना वृद्धि भएको पाइएको सबैमा स्मरण भएकै तथ्य हो ।
सार्वजनिक सुनवाई कार्यविधि २०६७ अनुरुप पहिलो पटक बहिगर्मन अभिमत र नागरिक प्रतिवेदन पत्र संकलन त्यसको विस्तृत विश्लेषण सहित प्रस्तुत सो कार्यक्रमा सहभागीको दायरा बढेको, कार्यविधिलाई व्यावहारिक रुपमा स्थापित भएको उपमहानगरपालिका, आम नगरवासी सबैले महस्शु गरेको विषय हो ।

ललितपुरको विशिष्ट सामाजिक, सांस्कृतिक, धार्मिक र भौगोलिक परिवेश, जनसंख्याको घनत्व, बसोबासको अवस्था, स्थान विशेष, अनुरुप सेवाग्राहीहरुको समस्याको स्वरुप, उपमहानगरपालिकाको सेवा प्रवाहलाई बुझ्ने, ठम्याउने, विकासको मागको प्रकृति, आधारमा आकाक्षा पनि भिन्न हुने सक्ने अवस्थालाई मध्यनजर गरी कार्यकारी प्रमुख भरतमणी पाण्डेसंगै छलफल गरी सार्वजनिक सुनवाई कार्यक्रम संञ्चालनको केही रणनीतिहरु तय गरिएको थियो । त्यो रणनीति होेः सार्वजनिक सुनवाई कार्यक्रम क्षेत्रगत रुपमा सञ्चालन गर्ने । यसबाट स्थान अनुसार सेवाग्राहीको चाहना ठोस, अझ मूर्त हुने र तिनको समाधानका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने अवस्था थियो ।

यस अनुरुप आर्थिक वर्षको २०७२ /०७३ पहिलो सार्वजनिक सुनवाई डेढ वर्ष अघि ललितपरु उपमहानगरपालिको क्षेत्रमा गाभिएका (वडा नं २३, २४, २५, २६, २७, २८, २९ र ३०) वा शहरोन्मुख साविकका धापाखेल, सुनागुथि र हरिसिद्धि गाविसको अवस्था र त्यहाँको जनताको चाहना र समस्यालाई बुझ्ने हिसाबले गरिएको थियो । तेस्रो चौमासिक सुनवाई ललितपुरको शहरी क्षेत्रको रुपमा विकसित हुँदै गएको वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५ र २० साविकको उपमहानगरपालिकाको झण्डै, झण्डै आधा भाग ओगट्ने क्षेत्रका सेवाग्राहीहरुको चाहना, समस्या र विकासको अवस्थालाई मुखरित गर्ने हिसाबले आयोजना गरिएको थियो । २०७३ असार ९ गते उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणी पाण्डे र बौद्ध युवा कमिटीका तर्फबाट छलफल हुँदा उपमहानगरपालिकाको सम्बन्धमा सार्वजनिक सुनवाईलाई विशिष्ट र ठोस लक्ष्यका रुपमा किटानी गरिएको हो । विशेषतः नयाँ पाटन शहरका रुपमा हेरिएको ती वडाहरु १, २, ३, ४, ५, १०, १३, १४, १५ र २० लाई लक्षित गरी त्यहाँको वस्तुस्थित, समस्या, नागरिकका पीर मर्का, उपमहानगरपालिकाले सञ्चालन गरेको कार्यक्रमको प्रभाव र पृष्ठपाषण र विशेषत यस क्षेत्रका वडावासीहरुको कुरा सुन्ने यस पटकको सार्वजनिक सुनवाई कार्यक्रमको मुलभूत लक्ष्य थियो ।

यस अर्न्तगत तीब्र शहरीकरण हुँदै गएको ती वडाहरुमा खानेपानी, ढल, सरसफाई, पूर्वाधार निर्माण, सौर्य सडक बत्ती जस्ता शहरी पूर्वाधारसंग सम्बिन्धित विषयहरु मुख्य समस्याका रुपमा स्थानीयवासीहरुले उठान गरेको पाइयो । त्यस्तै सामुदायिक विकास शाखाले गर्दै आएको कार्यक्रमको प्रभावकारीता, वडा मार्फत ती कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वास्थ्य स्वंयसेवीहरुको मान्यता लगायत समस्याहरु उठाएको पाइयो । आगामी दिनहरुमा ती समस्याहरुको समाधानाका लागि उपमहानगरपालिकाले सार्थक प्रयास गर्ने यस संस्था आशावादी रहेको छ । यस कार्यक्रमले नागरिक, वडावासीहरुले आफूले दैनिक जीवनमा भोग्नुपरिरहेको समस्या, त्यससंग सम्बन्धित गुनासो, पीर र मर्का सम्बोधनका लागि उपमहानगरपालिकाका कार्यकारी प्रमुख, महाशाखाका प्रमखु र जिम्मेवार कर्मचारीहरु समक्ष राख्ने अवसर दिनेछ । सर्वसाधारण नागरिक एक्लैले कार्यालयमा गएर आफ्नो कुरा राख्ने अवसर विविध कारणले हतपत नमिल्न सक्छ । अन्य समयमा जाँदा कहिले कर्मचारीहरु कार्यालयमा नभेटिने, कहिले कुरा गर्ने अवसर पाएपनि नसुनेझै गर्ने, कहिले कुरा राख्ने हिम्मत नहुने, कहिले आलटाल गर्ने, कहिले अलमलाउने, कहिले विभिन्न कामले आउने मानिसहरुको भीडभाड हुने कारणले आफ्नो कुरो स्पष्टसंग राख्ने अवस्था नभएको तपाईहरुले आफ्नो जीवनमा बेलाबखत अनुभव गरेकै होला । तर सार्वजनिक सुनवाई कार्यक्रममा यस्तो हुँदैन, अन्य काम छोडेर पनि उपमहागनरपालिकाका कर्मचारीहरु सेवाग्राही जनताको बीचमा उभिएर कुरा सुन्न उपस्थिति हुनुपर्ने कानूनी बाध्यता पनि रहेको हुन्छ । यस संवादका क्रममा ललितपुर उपमहागनरपालिकाबाट सञ्चालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सावजनिक हुनेछ । ती विषयमा नागरिकले आफूलाई लागेका प्रश्नहरु निर्भिक र स्पष्ट रुपले राख्ने सकिने छ